हेटौंडा २७ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि १७ सदस्य रहेको मन्त्रिपरिषदमा ८ सदस्य थप्दै २५ जना पुर्याइएको छ ।पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभयो भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाउनुभएको छ ।
माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले सपथग्रहण गराउनुभएको छ ।