हेटौंडा, २७ जेठ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेजीको माग गर्दै दर्ता भएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
यसअघि जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई हटाए पनि सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन दिएका थिए ।
भ्याकेट निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ ।
थापाले कांग्रेस र माओवादीको गठबन्धनलाई साथ नदिने अडान लिएपछि गण्डकीमा विपक्षीको सरकार बन्न सकेको थिएन ।