हेटौंडा, २७ जेठ । बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । सरकारले आज आगामी वर्ष २०७८/०८९ का लागि निर्माण गरिएको निति, कार्यक्रम तथा योजना प्रस्तुत गर्न लागेको हो ।

आज सार्वजनिक गरिने निति तथा कार्यक्रममा कोरोनाको महामारी नियन्त्रणका लागि मुख्य कुराहरु समेतटिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको भनाई छ । कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो ।

आज दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।