हेटाैँडा, २६ जेठ । मकवानपुरकाे बकैया गाउँपालिकाका अध्यक्ष दामाेदर खनालले पहिलाे चरणमा सबै उमेरका लागि नसकिए पनि अग्रपंक्तिमा खटिनेहरुलाई विना भेदभाव काेभिड खाेप जरुरी भएकाे बताउनु भएकाे छ ।

सबै स्थानीय तहमा ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई काेभिड खाेप लगाउने कार्य भइरहँदा अध्यक्ष खनालले भन्नुभयाे, ‘काेभिडकाे संक्रमण सबै उमेरका नागरिकलाई भएकाे छ, यस्ताे बेला सरकारले सबैलाई प्राथमिकता दिनु पर्ने हाे, संक्रमण उमेरहद हेरेर हुने पनि हाेइन ।’

‘स्थानीय तहमा काेभिडकाे खाेप आएकाे खबरले सबै खाेप लगाउन पाउने आशा गरिरहेका छन्,’ अध्यक्ष खनालले भन्नुभयाे, ‘तर उमेरहदका नागरिकलाई मात्र खाेप लगाउने कुराले हामी जनप्रतिनिधिलाई पनि हात बाँधेजस्तै भएकाे छ, खाेप लगाउन नपाउने समूह पनि ठूलाे देखिएकाे छ ।’ अध्यक्ष खनालले कम्तीमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँगै खटिने कर्मचारी, जनप्रतिनिधि, स्वयमसेवकलाई पनि खाेप दिन सकिने दायरा बनाउन सरकारलाई आग्रह गर्नुभयाे । खनालले भन्नुभयाे, ‘राज्यले सबैलाई खाेप व्यवस्थापन गर्ने क्रममा जाेखिममा देखिएका अग्रपंक्तिमा खटिने र संक्रमणकाे संख्या बढेकाे बस्तीका नागरिकमा खाेप दिनसके प्रभावकारी हुनेथियाे ।’ एउटा समूहलाई प्राथमिकता दिँदा अरु धेरै समूह छुट्ने र सरकारसँग गुनासाे रहने पाटाेतर्फ पनि ध्यान जानुपर्ने खनालकाे भनाइ छ ।