हेटौंडा, २६ जेठ । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको राक्सीराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हिमाल मुटु अस्पतालले राक्सीराङ गाउँपालिकालाई उक्त ५ थान कन्सन्ट्रेटर बुधबार उपलब्ध गराएको हो ।
कन्सन्ट्रेटर हेटौंडा ६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटि अस्पतालको प्राङगणमा उक्त कन्सन्ट्रेटर नेताद्वय डिना र बानियाँले संयुक्तरुपमा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष मल्लले अक्सिजन कन्सन्ट्रेटर बुझ्दै गाउँपालिकामा कोरोना महामारी नियन्त्रणमा राहात पुग्ने बताउँदै सहयोग गर्ने हिमाल मुटु र पहल गरिदिनुहुने नेताद्वयलाई विशेष आभार प्रकट गर्नुभयो ।