हेटौंडा, २६ जेठ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशमा कार्यरत कोभिड विरुद्धको पहिलो डोज खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गरिदिन सबै स्वास्थ्य कार्यालयलाई आग्रह गरेको छ ।
आज बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई यस्तो आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले गत जेठ २४ गते धेरै सञ्चारकर्मी कोरोना विरुद्धको पहिलो डोज खोप लगाउन छुटेकाले उनीहरुलाई खोप लगाइदिने व्यवस्था मिलाइदिन पत्रपठाएको थियो ।
सोहिअनुरुप मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाइले आज सबै स्वास्थ्यसंस्थालाई खोप लगाउन छुटेका सञ्चारकर्मीलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।