हेटौंडा, २६ जेठ । हेटौंडामा जुवाखालबाट पक्राउ परेका विरुद्ध जवरजस्ती करणी सम्वन्धि मुद्धा दर्ता भएको छ ।
मंगलबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बैंकरोड स्थित एक घरमा जुवाको खालबाट पक्राउ परेका पाँच जनासहित थप एकजना विरुद्ध जवरजस्ती करणी सम्वन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।
एक किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरु छ जना माथि मुद्दा दर्ता गरिएको प्रवक्ता रिमालको भनाई छ ।
किशोरीको उजुरीका आधारमा थप १ जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेकाहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइसकेको र अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको डिएसपी रिमालको भनाई छ ।