हेटौंडा, २५ जेठ ।
मकवानपुर प्रहरीले हेटौंडा बजारबाट ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । आज दिउसो गस्तीमा रहेको प्रहरीले हेटौंडा ४ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ स्थित रुस्तम कोइरालाको डेरामा जुवा खेलिरहेका ४० वर्षका रुस्तम कोइराला, ५४ वर्षका अमर प्रधान, ४० वर्षका प्रकाश मानान्धर, ३३ वर्षका बिनोद घर्ती र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ६ बस्ने सुरेश पौडेलललाई पक्राउ गरेको हो ।
पैसाको बाजी राखी हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा नगद अट्ठाइस हजार र तास ६ बुकसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।