हेटौंडा, २५ जेठ । बागमती प्रदेशसभाको आठौँ अधिवेशन बैठक आगामी २७ गते बस्ने भएको छ । बैठक जेठ २७ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

उक्त बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिकरण गर्ने भएको प्रमुख सचिव खड्काको भनार्य छ ।

यसअघि गत जेठ १६ र १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताको विषयमा छलफल गरिएको थियो । त्यसपछि बैठक अनिश्चितकालको लागि स्थगित भएको थियो ।