हेटौंडा, २५ जेठ । हेटौँडा अस्पतालमा आज थप एक जना कोरोना भाइरस कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ की ४१ वर्षीया महिला रहेको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो ।
यससँगै हेटौँडा अस्पतालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ७७ जना पुगेको छ ।