हेटौंडा, २४ जेठ ।
मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने ३ ओटा सवारी साधन तथा २३ ओटा सवारीको कागजपत्र नियन्त्रणमा लिएको छ ।


आज जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले मकवानपुर जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने माटर साइकल, स्कुटर गरी ३ ओटा सवारीसाधन र २३ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।


कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ३ ओटा सवारी साधनलाई जनही रु.२ हजारदेखि पाँचहजारका दरले जरिवाना गरिएको बताइएको छ ।