हेटौंडा, २४ जेठ । हेटौंडा उपमहानगरपालिकाले एकल महिलालाई आर्थिक सहयोग गरेको छ । उपमहानगरका १९ वटै वडाका एक–एक जना एकल महिलालाई आर्थिक सहयोग गर्ने जनाएको छ ।

उपमहानगरपालिकाले एकल महिलालाई आयआर्जनमा सहयोग पुगोस भन्ने उदेश्यले १५ हजारका दरले अनुदान रुपमा सहयोग गरिएको मेयर हरि बहादुर महतले बताउनुभयो ।

प्रत्यक वडाको एक जना महिलालाई १५ हजारका दरले हेटौंडाका १४ वटा वडाका १४ जनालाई सहयोग गरिएको छ । अव अन्य ५ जना एकल महिलालाई आर्थिक सहयोग गर्न बाँकि रहेको जनाइएको छ ।
एकल महिलाहरुलाई आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।