हेटौंडा, २४ जेठ । मकवानपुरमा गत २४ घण्टामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ ।
एक सय १० जनाको पिसिआर परीक्षण गर्दा ५० जना र ३ सय २६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४२ जनामा गरी थप ९२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म पुष्टि हुनेको संख्या ९ हजार ४ सय २३ जना पुगेको छ । जिल्लामा हाल १ हजार ८ सय ९५ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।
यसैगरि गत २४ घण्टामा थप २ सय २४ जनाले कोरोना जितेका छन् । यससंगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९ पुगेको छ ।