हेटाैँडा, २४ जेठ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले पल्पसा आइसाेलेसन निरीक्षण गर्नुभएकाे छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डे प्रहरी उपरीक्षक साेमेन्द्रसिंह राठाैर, स्वास्थ्य कार्यालय प्रमुख प्रणयकुमार उपाध्यायसहित आइसाेलेसन आउनु भएकाे हाे । निरीक्षणक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले आइसाेलेसनबारे जानकारी लिनुभएकाे थियाे । स्वास्थ्य कार्यालय प्रमुख उपाध्याय, प्रहरी उपरीक्षक राठाैरले पनि आफूहरु पनि आइसाेलेसनमा पटकपटक आएकाे र सञ्चालनबारे जानकारी लिएकाे बताउनु भयाे ।

मकवानपुर उद्याेग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, काेभिड हेल्प डेक्स सचिवालय संयाेजक कृष्ण अग्रवाल, सदस्य सराेज खनाल, पल्पसा आइसाेलेसन संयाेजक भुवनलाल श्रेष्ठलगायतले निरीक्षणमा आउनु भएकाे टाेलीलाई जानकारी गराउनु भएकाे थियाे ।

आइसाेलेसनमा ४ महिलासहित ६ जना संक्रमितले स्वास्थ्यलाभ गरिरहनु भएकाे आइसाेलेसन मेडिकल फाेकल पर्सन प्रवीण पुडासैनीले बताउनु भयाे ।