हेटौंडा, २३ जेठ । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र २४ वर्षीय ठाकुर सुनारलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिनुभयो । उनीहरुको साथबाट लागूऔषध गाँजा १२ किलो ३०० ग्राम बरामद भएको जनाइएको छ ।

उनीहरुलाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले राक्सिराङ् गाउँपालिका वडा नम्बर ५ बाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनमाथि आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।