हेटौंडा, २३ जेठ । मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न ३५ वटा सवारी साधन कारवाहीमा परेका छन् ।

जसमा मोटरसाइकल र स्कुटर गरी ८ वटा र अन्य २७ वटा सवारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाईकल र स्कुटर गरी ८ वटालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जनही २ हजारदेखि ५ हजार रुपैयाँका दरले जरिवानासहित कारबाही गरिएको छ ।

त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्ने अन्य २७ वटा विभिन्न सवारीको कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ । निषेधाज्ञा उल्लंघन गरी पसल-ब्यवसाय संचालन गर्ने २ जनालाई शनिबार नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएको बताइएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट प्रत्येकलाई जनही ५ ५ हजारका दरले जरीवाना गरिएको बताइएको छ ।