हेटौंडा, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानुन बनाएको हो ।