हेटौंडा, २३ जेठ । हेटौंडा उपमहानगरका मेयर हरिबोल महतले गुटमा लागेपछि कहिलेकहीँ सत्य बोल्न गाह्रो हुने बताउनु भएको छ ।
हेटौंडा अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको रकम भुक्तानी समारोहमा प्रमुख अतिथिको मन्तव्यका क्रममा मेयर महतले भन्नु भयो, ‘राम्रो गर्न खोज्नेको कुरा काटिने हो, मेरो कुरा काटिँदा म खुशी नै छु ।’
अत्यन्त संक्षिप्त मन्तव्यमा मेयरको पीडा थियो, ‘मलाई बुझेर कुरा काटिदिएको भए हुन्थ्यो, फेरि म राजनीतिमा पनि छु नि त ! नबुझिकन कुरा काट्नेहरुलाई भन्नु केही छैन ।’
मेयर महतले भन्नु भयो, ‘राजनीतिमा पनि गुट छन्, गुटमा लागेपछि सत्य भन्न पनि गाह्रो हुन्छ, केहीले सस्तोमा ल्याइएको मेसिनको महँगो भुक्तानी भनेर पनि चर्चा गरे, कसैलाई केही भन्नु छैन ।’
मेयर महतले हेटौंडा अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको भुक्तानी गरिदिने मकवानपुर घरजग्गा व्यवसायी संघलाई धन्यवाद प्रकट गर्नु भयो । भन्नुभयो, ‘पवित्र काम जहिले शुरु गरे पनि हुन्छ, सहयोगी मनहरुलाई धन्यवाद् ।