हेटौंडा, २२ जेठ । मकवानपुरमा गत २४ घण्टामा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो समय संक्रमित भन्दा निको हुनेको संख्या वृद्धि भइरहेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १२८ जनामा संक्रमण देखिँदा २१० जनाले कोरोना जितेका छन् । हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७ हजार नाघेको छ ।

कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा उपमहानगरपालिकाभित्रका १६५ जना, थाहानगरका ९ जना, मनहरीका गाउँपालिकाका १५ जना मकवानपुरगढी गाउँपालिकामा ६ जना, बागमती र राक्सिराङगाउँपालिकामा १र१ जना, भिमफेदी गाउँपालिकामा ७ जना बकैया गाउँपालिकामा ४ जना र ईन्द्रसरोबर गाउँपालिकामा २ गरी जम्मा २१० जना कोरोना मुक्त भएका हुन।