हेटौंडा, २२ जेठ । मानिसको शरीर निरन्तर चलिरहन रगत र सुगरको मात्रा नियन्त्रित हुनु पर्दछ । शरीरमा चिनीको मात्रा बढी हुनुलाई सुगर भनिन्छ । नेपालमा सुगर र उच्च रक्तचाप भएका बिरामी बढिरहेका छन् । रगतमा चिनीको मात्रा बढी हुँदा डाइबिटिज वा सुगरका बिरामी हुने गर्दछन् । सुगरको मात्रा बिग्रने बित्तिकै शरीरमा विभिन्न समस्या आइलाग्ने गर्दछ । आउनुहोस्, शरीरमा सुगर धेरै या कम हुँदा देखिने लक्षणबारे चर्चा गरौँ:

१) सुगर ज्यादा हुँदा पिशाब धेरै लाग्छः
सुगरको मात्रा शरीरमा बढी हुँदा मृगौलामा असर गर्दछ । यसरी सुगर बढिरहदाँ मृगौलाले रगत फिल्टर गर्न धेरै मेहनत गर्नु पर्दछ । जब मृगौलाले यो काम गर्दछ अनि मात्र पिशाब प्रवाह बढ्दछ । जसले गर्दा पिशाब धेरै लाग्दछ । त्यसैले सुगरका बिरामीले बढी पानी पिउने गर्नु पर्दछ ।

२) तिर्खा बढी लाग्छः
मृगौलाले सुगरको मात्रा प्रशोधन गर्दा यसले बढी पानी तान्ने गर्दछ । जसले गर्दा शरीरमा रहेको पौष्टिक तत्व पुर्याउने र खराब पर्दाथ बाहिर निकाल्न तरल पर्दाथ आवश्यक पर्दछ । यसले गर्दा हाम्रो दिमागमा पटकपटक पानी तिर्खाको संकेत गराइरहन्छ । यसैले पानी प्यास बढ्दछ अनि तिर्खा बढी लाग्ने गर्दछ ।

३) मुख सुख्खा हुने र शरीरमा अन्य समस्या देखा पर्दछः
सुगर बढी हुनेलाई मुख र ओठका भाग निकै सुख्खा हुने गर्दछ । मुखमा पानीको मात्रा कम हुँदा ओठ फुट्ने समस्या पनि देखिने गर्दछ । जिब्रो र मुख वरिपरी ससाना फोका अनि सेता धब्बा देखिन सक्छ । पानीको मात्रा कम हुने भएकाले छाला सुख्खा हुन्छ । शरीर चिलाउने गर्दछ । पैतालाको छाला फुट्ने समस्या आउँदछ । सुगरको मात्रा अलि ज्यादा हुँदा नसामा पनि समस्या आउँदछ । जसले गर्दा रक्तप्रवाहमा समस्या आउन सक्छ । र, शरीरमा गम्भीर समस्या आइपर्न सक्दछ । रक्तप्रवाहमा समस्या हुँदा थकाइ बढी लाग्छ । सुगर बढ्दा शरीरमा एड्रेनाइलाइज जस्तो हर्मोन बढ्दछ जसले गर्दा शरीरमा कम्पनको महसुसु हुने गर्दछ । अलि बढी डर लाग्दछ । सामान्य मानिसको जस्तो अवस्था नभई पसिना बढी आउने गर्दछ । हाम्रो मष्तिष्कको कोषिकाहरु नियमितरुपमा चलिरहन चिनीको मात्रा आवश्यक पर्दछ । चिनीको मात्रा कमी हुनाले थकाई तथा बेहोस हुने, शरीर दुख्ने समस्या आइपर्दछ ।

४) आँखामा समस्याः
सुगर बढ्दा तपाईंको शरीरले आँखामा भएको तरल पर्दाथ तान्ने गर्दछ । यसले गर्दा तपाईंले हेरिरहनु भएको स्थान वा गरिरहनु भएको काममा ध्यान बढी दिन सक्नुहुन्न । ध्यानकेन्द्रित गर्न समस्या आइपर्दछ । बढी सुगर हुँदा आँखाको रेटिनाको रक्तप्रवाह नलीमा नोक्सान पुग्दछ । र, सामान्य मानिस भन्दा सुगर भएका मानिसको आँखामा समस्या देखिन्छ । धेरै नै सुगरको मात्रा बढे आँखा नदेखिने समस्या पनि हुन सक्दछ ।

५) पाचनप्रणालीमा समस्याः
सुगरको मात्रा बढी हुँदा पाचनप्रणालीमा पनि समस्या आइपर्दछ । यसले पाचन प्रणालीलाई नोक्सान गर्दछ । पेटमा भएका र पेटमा आउने खानेकुरामा पाचनमा प्रणालीले सहजरुपमा काम गर्न अप्ठ्यारो पर्दछ । जसले गर्दा पखाला लाग्ने, वान्ता हुने गर्दछ ।

६) मुटुको धड्कनमा समस्याः
सुगर बढी हुँदा हर्मोनको मात्रा घट्दछ । यो मात्रा घट्दा मुटुको धड्कन बढ्दछ । अनियमित हुने गर्दछ । मेडिकल भाषामा यसलाई एरिथमिया भन्ने गरिन्छ । सबैलाई एकैनास नभए पनि व्यक्तिको रोगप्रतिरोधात्मक क्षमताअनुसार फरक हुन्छ । औषधिको साइड इफेक्टका कारण सुगरका रोगीलाई शरीरमा चिनीको मात्रा एकैनासले उपलब्ध नहुन सक्छ । (एजेन्सीहरुको सहयोगमा)