हेटौँडा, २१ जेठ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा हेटौँडामा शुक्रबार २१ किलोमिटर साइकल यात्रा गरिएको छ ।
‘नदी सदैव मानिसका लागि बगिरहन्छ एक दिन मानिस नदीका लागि हिँडौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ शुक्रबार बुढीचौरदेखि राप्तीसम्म साइकल यात्रा तथा नदीको छेउमा पैदल यात्रा गरिएको हो ।
साइकिलिङमा हेटौँडाका नासा बागमती प्रदेश उपाध्यक्ष सफल अधिकारी, विक्रम भारती, विकास ताम्राकार, राजु गुप्ता, सविन गौतम लगायत ३० जना सहभागी रहेको सहभागी पूर्व मेची महाकाली साइकल यात्री राजाराम बोगटीले जानकारी दिनुभयो ।