हेटौंडा, २१ जेठ । नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुुनु सिग्देलले शुक्रबार ३० परिवारलाई खाद्यसामग्री वितरण गर्नु भएको छ ।

हेटौंडा बजार र आसपासका क्षेत्रमा दैनिक ज्यालादारी काम गर्दै आएका विपन्न ३० परिवारलाई खाद्यसामग्री वितरण गरिएको हो । माइती नेपालको समन्वयमा खाद्यसामग्री वितरण गरिएको अध्यक्ष सिग्देलले बताउनु भयो । माडवारी एसोसियसन मकवानपुरको महिला मन्चको आर्थिक सहयोगमा खाद्य सामग्री संकलन गरी वितरण गरिएको हो ।