हेटाैँडा, २० जेठ । हेटाैंडाकाे पल्पसा आइसाेलेसन नेपाल सरकारकाे मापदण्डअनुसार रहेकाे सरकारी अनुगमनमा देखिएकाे छ ।

मकवानपुर उद्याेग वाणिज्य संघकाे संयाेजनमा हेटाैंडाका दर्जन बढी निजी संघसंस्थाकाे पहलमा पल्पसा सभाहलमा बुधबारदेखि पल्पसा आइसाेलेसन सञ्चालनमा आएपछि बिहीबार सरकारी अनुगमन टाेलीले अनुगमन गरेकाे हाे ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्याय, क्षयकुष्ठराेग सहायक ठाकुर पाैडेल तथा जनस्वास्थ्य निरीक्षक एवम् सूचना अधिकारी लक्ष्मण घिमिरेकाे टाेलीले आइसाेलेसन अनुगमन गर्नु भएकाे हाे । अनुगमन टाेलीमा हेटाैंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भाेला चाैलागाईं पनि सहभागी हुनुहुन्थ्याे ।

अनुगमनका क्रममा आइसाेलेसन सेन्टर व्यवस्थित रहेकाे, नेपाल सरकारकाे स्वास्थ्य मापदण्ड पूरा गरेका पाइएकाे बताइएकाे थियाे । यस्तै, आइसाेलेसनमा रहेका बिरामीले पनि सेवा सन्ताेषजनक र प्रभावकारी रहेकाे बताएका थिए । अनुगमन टाेलीलाई मकवानपुर उद्याेग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आइसाेलेसन सेन्टर संयाेजक भुवनलाल श्रेष्ठले आइसाेलेसन सञ्चालन, सेवाबारे जानकारी गराउनु भएकाे मकवानपुर काेभिड हेल्प डेक्सका सदस्य सराेजकुमार खनालले बताउनु भयाे ।

हाेम आइसाेलेसनमा बस्न असहज भएका बिरामीका लागि १० बेड महिलाका लागि सहित ३० बेडकाे आइसाेलेसन बुधबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नु भएकाे हाे । उद्घाटन सत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईं पनि उपश्थित हुनुहुन्थ्याे ।