हेटौंडा, २० जेठ । कोरोना कहरसँगै अनिकाल खेपिरहेका विपन्न र जनजातिलाई नेपाली कांग्रेस मकवानपुरले खाद्यान्न सहयोग गरेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका दुई वडाका एक हजार विपन्न र जनजातिका परिवारलाई गाउँमै पुगेर खाद्यसामग्री वितरण गरिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा २० लाख रुपैयाँबराबरको खाद्यसामग्री गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो । राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ का ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ विपन्न चेपाङ तथा तामाङ समुदायलाई खाद्यान्न हस्तान्तरण गरिनेछ ।