हेटौंडा, १९ जेठ । मकवानपुरमा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा अव अत्यावश्यक सेवा, तरकारी, फलफूल तथा दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु विहान ८ बजेसम्म स्वास्थ्यको मापदण्ड पालना गरि संचालन गर्न पाइनेछ । यसैगरि बैंकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हप्ताको ३ दिन आइतबार, मंगलबार र विहिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन गर्न दिने र अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

गत बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई पटक-पटक लम्ब्याएर ३१ गतेसम्म पु¥याउने निर्णय गरेको हो । कोरोना संक्रमणदर घटाउने उद्यश्यले सरकारले स्थानिय प्रशासनलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ ।