हेटौंडा, १९ जेठ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाललाई पितृशोक परेको छ । उहाँका पिता वेदप्रसाद दुलालको गएराति ६० वर्षको उमेरमा निधन भएको हो ।

फोक्सोमा समस्याका कारण यही जेठ ६ गतेदेखि उहाँको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । वेदप्रसादको गएराति उपचारका क्रममा भरतपुर अस्पतालमै निधन भएको हो ।

उहाँको दुई छोरा, दुई छोरी र दुई श्रीमती हुनुहुन्छ । यसैबीच नेपाल प्रेस युनियन मकवानपुर शाखाले विज्ञप्ति निकलेर शोक व्यक्त गरेको छ । शक्तिखबर परिवार पनि यस दुःखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।