हेटौंडा, १८ जेठ । मकवानपुरमा प्रतिघण्टा ३ हजार लिटर पानी उत्पादन क्षमताको नयाँ उद्योग स्थापना भएको छ । उत्तम जल मिनरल वाटर प्राइभेट लिमिटेडले मकवानपुर गढी वडा नम्बर ५ मा उद्योग स्थापना गरी पिउने पानी उत्पादन आरम्भ गरेको हो । उद्योगले शुरुमा मकवानपुरभर पानी बिक्री वितरण गर्ने योजना बनाएको छ । उद्योगले हेटौंडा र सबै स्थानीय बजारमा पानी पु¥याउने योजना बनाएको छ ।