हेटौंडा, १८ जेठ । कोरोनाको त्रास बढेसँगै मकवानपुरमा नियन्त्रण तथा रोकथामका लागि विभिन्न प्रयास भइरहेका छन् । कोभिड नियन्त्रणका लागि, रेस्पोन्स कार्यदल गठन, हेल्थ डेक्सको स्थापनालगायत विभिन्न तरवबाट निस्वार्थरुपमा लाग्नेहरु पनि बढेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ र १७ मा गठन भएको कोभिड–१९ रेस्पोन्स कार्यदलले विभिन्न कार्यक्रम गरिरहेको छ । कार्यदलले कोरोना संक्रमितको घरमा पुगेर परामर्श दिने, स्वास्थ्य सामग्री तथा खाद्य सामग्री सहयोग गरिरहेको छ । कार्यदलले मंगलबार रक्तदान गरेको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ६ मा भएको रक्तदान कार्यक्रम वडा अध्यक्ष एवम् कार्यदलका संयोजक अर्जनु प्रसाद चौलागाईको अध्यक्षतामा भएको हो । कार्यक्रममा चौलागाईले संकटका घडीमा रक्तदानले धेरैको जीवन बच्ने बताउनुभयो ।