हेटौंडा, १७ जेठ ।

बागमती प्रदेशको आठौँ अधिवेशनको बैठक हेटौंडामा चलिरहेको छ । अधिवेशनको आज दोस्रो बैठकमा सांसदहरुले आ – आफ्नो धारणा राखिरहेका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिएको बताउनुभएको छ । प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत आज बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले सांसदहरुको गुनासोलाई सम्बोधन गर्दै फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले देश र जनताका लागि जीवनभर त्याग, तपस्या गर्दै निष्ठापुर्वक लोगका व्यक्तित्वका नाममा गठित प्रतिष्ठानहरुलाई केहि रकम प्रदान गर्ने गरिएको जिकिर गर्नुभयो ।

यस्तै प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले सरकारको यो निर्णय स्वागत योग्य भएको बताउनुभएको छ । प्रतिपक्षले सरकारको गलत कामलाई ठीक ठाउँमा ल्याउन सफल भएको उँहाको भनाई छ । उहाँले सरकारले आफ्नो जिम्मेवारी बिर्सन नहुने बताउनुभयो । उहाँले आफुहरु सबै जना निर्वाचित भएरै आएको भन्दै सबैको मर्म र भावनालाई समेट्नुपर्नेमा जोड दिनुभयो ।


यसैबिच बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकता रहने बताउनुभएको छ । बागमती प्रदेशसभाको आज बसेको बैठकमा छलफलका लागि आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको सिद्धान्तहरू प्रस्तुत गर्दै कोरोना तथा अन्य महामारी नियन्त्रण र प्रदेशका नागरिकहरुको जिवन रक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भएको बताउनुभएको हो ।
आगामी वर्षको बजेटमा शैक्षिक क्षेत्रको पूर्वाधार विकास र आधुनिकीकरण गर्दै प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान गर्न विषेश ध्यान दिइने छ । सामुदायीक विद्यालयको शैक्षिक स्तरमा सुधारका लागि आवश्यक योजनाहरु लागु गरिने उहाले बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेस प्रदेशसभा संसदिय दलका नेता इन्द्रबहादुर बानिँयाले नेपालमा कम्युनिष्टलाई लोकन्त्रमा प्रतिवद्ध छन् भन्ने कुरामा प्रश्न खडा भएको बताउनुभयो । उहाँले नेपालको वर्तमान राजनितिको कारण अन्तराष्ट्रिय जगत लोकतान्त्रिक मुल्य र मान्यता बोकेका मुलुकले नेपालका कम्युनिष्टहरु लोकतन्त्र प्रति प्रतिवद्ध छन् भन्ने कुरामा केपि शर्मा आलिले प्रश्न चिन्ह् खडा भएको बताउनुभयो । नेता बानियाँले प्रधानमन्त्रीको मिचाहा प्रवृतिले अहिलेको स्थिति आएको जिकिर गर्नुभयो ।

यस्तै बैठकमा बोल्दै अर्का सांसद अष्टलक्ष्मि शाक्यले कोहि पनि नागरिक कोभिडको कारण मर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अव आउने निति, कार्यक्रम तथा बजेट कोभिड नियन्त्रण गर्ने खालको आउनुपर्नेमा जोड दिनुभयो । देशमा लोकतन्त्र, संघियता बलियो हुनुपर्नेमा धरापमा परेको भन्दै सबैमा यसबारे सबैको चिन्ता हुनुपर्ने उहाँको भनाई छ । शाक्यले संघिय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । सत्तापक्षको विचारलाई समेटेर सरकार अघि बढ्नुपर्ने सांसद शाक्यको भनाई छ ।