हेटौंडा, १७ जेठ ।
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ।
पाण्डेयले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पारजित गर्नुभएको हो । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत प्राप्त गर्नुभयो ।
कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।
आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।
२११ मतमध्ये पाण्डेयले ११८ मत पाउँदा एमालेका उम्मेदवार खड्काले ९३ मत पाउनुभयो ।
प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत प्राप्त गर्दा खड्काले ४० मत ल्याउनुभएको हो ।