हेटौंडा, १६ जेठ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा केन्द्रीय पार्षद भानुभक्त आचार्यका हजुरबुबा चिरञ्जीवी आचार्यको निधन भएको छ ।

उहाँको १०४ वर्षको उमेरमा आफ्नै निवास हेटौंडामा निधन भएको हो ।

आचार्य नेपाली भाषा तथा संस्कृतिसेवी रामचन्द्र आचार्य फुर्सदीका पिता हुनुहुन्छ । उहाँको आजै अन्त्येष्टि गरिएको छ ।