हेटौंडा, १६ जेठ ।
मकवानपुरमा चालु आर्थिक वर्षको दश महिनामा २३९ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार आर्थिक वर्ष २०७७/७८ को वैशाखसम्ममा २३९ वटा घरेलु हिंसा भएको हो । प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार जम्मा मुद्धामा १४१ वटा मुद्धाको मिलापत्र गराइएको छ । अन्य मुद्धामा कारवाहि भैरहेको जनाइएको छ ।


यस अवधिमा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा कुल मुद्धाको संख्या ३७४ रहेको छ ।

जसमध्ये ५८ वटा आत्महत्या, जवरजस्ति करणी ५३, बहुविवाहका ८ वटा मुद्धा दर्ता भएका छन् । यस्तै बालयौन दुरुपयोगको ६ वटा मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता रिमालको भनाई छ ।