हेटौंडा, १६ जेठ ।
बागमती प्रदेशको आठौं अधिवेशन आजबाट सुरु भएको छ । आज बसेको आठौं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै ३ मिनेट बसेर सकिएको हो ।
बैठकको कार्यसूची ५ वटा राखिएको थियो तर, प्रदेशसभा सदस्य पशुपति चौलागाईंको शोक प्रस्ताव गरेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक सकिएको हो ।
बैठकको सुरुवातमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउनुभएको थियो ।
यसपछि कोरोना संक्रमणका कारण मृत्यु भएका प्रदेससभा सदस्य चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरि मौन धारण गर्दै आजको वर्षे अधिवेशनको पहिलो बैठक सकिएको थियो ।