सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।


सरकारले आगामी आर्थिक वर्षको नयाँ बजेटमार्फत स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो । अर्थ मन्त्री पौडेलले सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको बताउनुभयो । त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया विनियोजन गरेको छ । । यसैगरी स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरिएको छ ।


 सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पु¥याएको छ । साथै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको अर्थमन्त्री पौडेलले बताउनुभयोे । महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरी १२ हजारको पु¥याइएको छ ।

सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको छ । भने भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने अर्थमन्त्री पौडेलले बताउनुभयो । माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्म ऋण दिने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको छ । कृषि अनुदानका लागि ७ अर्ब बजेट छुट्याइएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ ।

दुई वर्षभित्र नेपाललाई दुध र तरकारी, तीन वर्षभित्र गहुँ, मकै, कोदो र फापर एवं पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने मन्त्री पौडेलले बताउनुभयो । कृषिका लागि ४५ अर्ब ९ करोड विनियोजन बजेट विनयोजन गरिएको छ ।


शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । यसैगरी पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ । सामुदायिक विद्यालयहरुलाई शैक्षिक नतिजाका आधारमा अनुदान दिइने भएको छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरु मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सारे ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने घोषणा बजेटमा छ ।

हुलाकी राजमागका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ । रेलमार्गका लागि १० अर्ब ३ करोड छुट्याइएको छ । भोकमरी अन्त्य गर्न सरकारले निम्न वर्गका नागरिकहरुलाई सहयोग गर्ने भएको छ .


यसैगरी गरिबी निवारण कोष खारेज गरिएको छ । युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरिएकोछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरिएको छ ।


पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा गरिने भएको छ भने सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ । विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, विनियोजन गरिएको छ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पु¥याएको छ ।


यसैगरी सरकारले बजेटमार्फत चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ भने शुपतिनाथको मन्दिर प्रवलीकरणका लागि पनि ३५ करोड विनियोजन गरेको छ । हेटौंडा कपडा उद्योगलाई सञ्चालनका लगि निजी क्षेत्रसँग सहकार्य गरिने बताइएको छ ।

काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आगामी वर्ष १०२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्न ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।