हेटौंडा, १५ जेठ ।

मकवानपुर कोभिड हेल्प डेस्कले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई फेस सिल्ड र ग्लोब्स सहयोग गरेको छ ।  डेस्कले आज ५० थान फेस सिल्ड र १०० जोर मेडिकल ग्लोब्स सहयोग गरेको हो  । 

नागरिकस्तरमा पत्रकारहरू खट्ने भएकोले सुरक्षाका लागि हेल्प डेस्क टिमले सहयोग गरेको बताइएको छ ।

सहयोगको हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सचिवालय संयोजक कृष्णकुमार गुप्ता, भुवनलाल श्रेष्ठ, बद्रीप्रसाद चौलागाई, वासु खतिवडा, शंकरलाल श्रेष्ठ, राम विष्टलगायतको सहभागिता रहेको थियो ।

हेल्प डेस्क टिमले ३६ वटा सिलिण्डरमा अक्सिजन भर्ने काम पनि आज सम्पन्न गरेको छ । जसमध्ये १० सिलिण्डर अक्सिजन लायन्स क्लबलाई अक्सिजन बैंकको लागि सहयोग गरिएको छ ।

लायन्स क्लब पनि हेल्प डेस्क टिमको सदस्य संस्था हो । त्यसैगरी हेल्प डेस्कको सदस्य संस्था कृष्ण प्रणामी समाजले कोभिडको कारण संकटमा परेकाहरुलाई निःशुल्क खाना वितरण गरिरहेको छ ।