हेटौंडा १५ जेठ ।


मकवानपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्वर्गीय मोहनबहादुर सिंहकी धर्मपत्नी नन्दादेवी सिंहको आज निधन भएको छ ।

लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापका रोगबाट पीडित सिंहको आज साँझ ८७ वर्षको उमेरमा निधन भएको हो । उहाँको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको थियो । सिंह हेटौंडा नगरपालिका वडा नम्बर ३ का पूर्व अध्यक्ष प्रकाशबहादुर सिंह तथा मकवानपुर जिल्ला विकास समितिका पूर्व अध्यक्ष दीपकबहादुर सिंहकी ममतामयी माता हुनुहुन्छ ।


स्वर्गीय नन्दादेवी सिंहका ३ छोराहरू; प्रकाशबहादुर सिंह, दीपकबहादुर सिंह र महेशबहादुर सिंह तथा तीन छोरीहरू हुनुहुन्छ ।


सिंहको आजै हेटौंडास्थित राप्ती नदी तटमा दाहसंस्कार गरिएको राप्रपाका सह महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।