हेटौंडा, १५ जेठ ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो । आगामी आर्थिक वर्षको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुट्याएको छ ।

· औषधि खरिदका लागि ५ अर्ब ६० करोड

· राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शैयाको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड

· स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड

· स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन ७ अर्ब ५० करोड

अर्थमन्त्री पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।