हेटौंडा, १५ जेठ ।

सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि गरेको छ । आज भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नुभएको हो ।

यसअघि वार्षिक ६ हजार पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाले अब १२ हजार रुपैयाँ पाउने भएका छन् ।