हेटाैँडा, १५ जेठ । काठमाडाैंकाे चन्द्रागिरी नगरपालिका नगरस्तरीय आइसाेलेशन सञ्चालन गर्दै आइरहेकाे मातातिर्थ सामुदायिक अस्पतालकाे अक्सिजन प्लान्ट जडानले तिब्रता पाएकाे छ ।
७४ लाख रुपैयाँकाे लागतमा जडान गर्न लागिएकाे प्लान मुलुककै सामुदायिक अस्पतालमा पहिलाे हाे । जडान गर्न कम्पनीसँग सम्झौता भइसकेकाे र अबकाे एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरी नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयाेजक सन्ताेष खड्काले बताउनु भयाे । याे अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढी ठूलो सिलिन्डर भर्न सकिने छ । यतिबेला प्लानकाे फाउन्डेसनकाे काम भटाभट भइरहेकाे नगर भैतिक पूर्वाधार समिति संयाेजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारी दिनुभयाे । वडाकाे आन्तरिक स्राेत र दाताहरुको आर्थिक सहयाेगमा याे अक्सिजन प्लान्ट जडान गर्न लागिएकाे हाे। हालसम्म दाताहरुबाट १५ लाख ७७ हजार रुपैयाँ संकलन भइसकेकाे छ भने सहयाेग आउने क्रम जारी रहेकाे र नगरबाट पनि सहयाेग प्राप्त हुने संयाेजक खड्काले बताउनु भयाे । हाल नगरभित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेकाे र प्लान्ट स्थापना सगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने अध्यक्ष खड्काकाे दाबी छ ।
जेठ १ गतेदेखि सञ्चालित आइशाेलेसन केन्द्रमा ३० शैयाबाट सेवा सुरु गरिएकाे थियाे । आवश्यकताअनुसार बढाउन सकिने छ । प्रदेश र स्थानीय सरकारकाे सहयाेगमा अन्य पूर्वाधार निर्माण भए पनि अस्पताल सञ्चालनमा थिएन । दाेश्राे भेरियन्ट शुरु भएसँगै चन्द्रागिरी नगरपालिमा संक्रमितकाे संख्या ह्वात्तै बढ्न पुगेकाे थियाे र नगरकाे बैठकले अस्पताललाई आइसाेलेसन बनाउने निर्णय गरेकाे थियाे । नगरमा ४ हजार १ सय ८६ संक्रमितमध्ये ३ हजार ४ सय ८७ जनाले काेराेना परास्त गरिसकेका छन् । २५ जना आइसाेलेसन र अस्पतालमा उपचारत छन् भने ६ सय २९ जना हाेम आइसाेलेसनमा बसेका छन् । काेराेना सक्रमणकै कारण चन्द्रागिरी नगरपालिमा ५४ जनाकाे मृत्यु भइसकेकाे छ ।