हेटौंडा, १५ जेठ ।
हेटौंडा अस्पतालमा उपचारको क्रममा थप दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको हेटौंडा अस्पताललले जनाएको छ ।
उपचारका क्रममा हेटौंडा १ चौकीटोलका ७६ वर्षिय पुरुष र रौतहटका ५३ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले वताउनुभयो ।