-बासु खतिवडा

हेटाैँडा, १४ जेठ । पत्याउनुहुन्छ, यी तस्बिरहरु हेटाैँडाकै हुन् । हाे, शुक्रबार परेकाे झरीपछिकाे विकासे उपहार हाे याे । हेटौँडा उपमहानगरकाे वडा नम्बर ९ र १३ जोड्ने कुख्रेनी खोलामा निर्माणाधीन पुलका लागि थुपारिएको ग्रेभलका कारण शुक्रबारको सामान्य वर्षामा समेत भयावह रुप देखिएको हाे ।

केही समयअघि मात्र ग्रेभल थुप्रार्न खनिएको खाल्टोमा एक युवकको ज्यान गएको थियो भने शुक्रबार बिहानैदेखि हेटौँडा १३ र १२ मा जाने आउने सवारी दुवैतर्फ रोकिएका थिए । सर्वसाधारण जोखिम मोलेर खोला तर्न बाध्य देखिन्थे ।

अब अलि पानीको मात्रा बढ्न गए हेटौँडा-९ तर्फका खेतीयोग्य जमिन कटान हुँदै मकवानपुरकाे प्रमुख पर्यटकीय स्थल कुस्माण्ड सरोवर त्रिवेणी धाम लगायत बनस्पति कार्यालयको जडिबुटी रोपण क्षेत्र समेत समाप्त हुने देखिन्छ ।

३ पटक म्याद थप गर्दासमेत पुलको ढलान सम्पन्न नगर्ने निर्माण व्यवसायी वा म्याद थप्ने कुन पक्षले यसमा जिम्मेवारी लिनुपर्ने हो ?
पानीको बहावलाइ सहजरुपमा बग्ने वातावरण सृजना गर्न तत्काल थुपारिएको ग्रेभल व्यबस्थापन गर्न आवस्यक छ ।

जिल्ला बिपत व्यबस्थापन समिति, प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, स्थानीय सरकार हेटौंडा उपमहानगरपालिका अन्तरगतका वडा कार्यालयको बेलैमा ध्यान जाओस् ।
तस्बिरहरु: बासु खतिवडाकाे फेसबुकबाट ।