हेटौंडा, १४ जेठ ।
मकवानपुरमा गत पछिल्लो २४ घण्टामा २२० जना कोरोना मुक्त भएका छन् ।
विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २२० जना आज संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । हिजो मकवानपुरमा २०० जना संक्रमण मुक्त भएका थिए ।
यस्तै आज १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ सय ३५ जनाको स्वाब परीक्षणमा १ सय २१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
आज संक्रमित हुनेमा ४९ महिला ७२ पुरुष हरेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो । संक्रमित मध्ये आठ जना बालबालिका समेत छन् । मकवानपुरको आजको संक्रमण दर ५१ प्रतिशत रहेको छ ।