हेटाैंडा, १४ जेठ । हेटाैंडा अस्पताल परिसरमा सञ्चालित मकवानपुर हेल्प डेक्स काेभिड टिमलाई हेटाैंडा उपमहानगरले दुईवटा ह्विल चेयर उपलब्ध गराएकाे छ ।
मेयर हरिबहादुर महतले हेल्प डेक्स टिमलाई ह्विल चेयर, सेनिटाइजर, ग्लब्स, मास्क हस्तान्तरण गर्दै आवश्यक अन्य सहयाेग गरिने बताउनु भयाे ।
डेक्सका रामकृष्ण शिवाकाेटी, राजाराम बाेगटी, राज सापकाेटालगायतका टाेलीले मेयर महतलाई भेटेर डेक्सले गरिरहेकाे स्वयम्सेवी कार्यबारे जानकारी गराएका थिए ।