हेटौंडा १३ जेठ ।
मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरबाट बिहीबार ३ सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हेटौंडा–६, रंगशालाका एकजना, हेटौंडा–२, कान्तिराजपथका एकजना र रजैया, मकवानपुरका एकजनालाई वितरण गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुखहरूलाई कोभिड हेल्प डेस्क मकवानपुरले हालसम्म गरेको गतिविधिबारे जानकारी गराएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको नेतृत्वमा गएको टोलीले उक्त विषय जानकारी गराएको हो ।
पल्पसा परिसरमा पल्पसा केयर सेन्टर सञ्चालन गर्न सम्भाव्यताको लागि बिहीबार गौरिटारस्थित आइसोलेसनको हेल्प डेस्क टोलीले अवलोकन गरेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बिहीबार पनि सङ्क्रमितको मनोबल बढाउन सङ्क्रमितको घरमै गई स्वास्थ्यवर्धक च्यावनप्रास, मेडिकल मास्क र औषधी वितरण गरेको छ । बिहीबार हेटौंडा १५ र १७ मा गरिएको घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख तथा कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार मीना लामाको उपस्थिति रहेको थियो ।
हेल्प डेस्कका सचिवालय संयोजक कृष्णकुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरू भुवनलाल श्रेष्ठ, सरोज खनाल, मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, अनमि दिव्या बस्नेत र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी जवान लिला गुरौको घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो ।
कोभिड हेल्प डेस्क मकवानपुरले बिहीबार पनि जिल्लाका क्रियाशील पत्रकारहरुसँग छलफल कार्यक्रम गरेको छ । छलफलमा हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले हालसम्म प्राप्त सहयोगहरुबारे जानकारी गराउ“दै ६ (छ) दिनसम्म घरदैलो कार्यक्रम गर्दाको अनुभव र आवश्यकताको बारेमा चर्चा गर्नुभएको थियो । छलफलमा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने र हेटौंडा ११ का वडा अध्यक्ष गोकर्ण पराजुलीको पनि उपस्थिति रहेको थियो ।
वडा अध्यक्षहरुले छलफलमा वडाको कोभिड सङ्क्रमितको अवस्था, र वडाले गरिरहेको कामबारे जानकारी गराउनु भएको थियो । डेस्कका सदस्य सरोज खनालले घरदैलो गर्दाको अनुभवहरुबारे बताउनु हु“दै संक्रमितको बानी व्यवहार सुधार्न जरुरी रहेको र जनप्रतिनिधिहरूले विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो । हेल्प डेस्कको प्रभावकारी कार्यसम्पादनमा पत्रकार धर्मेन्द्र दहाल र देवराज पन्तले सुझाव प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा कोभिड हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्यहरु भुवनलाल श्रेष्ठ, बासु खतिवडा, सरोज खनाल, नारायण श्रेष्ठ, अञ्जली थापा, पत्रकारहरु सुमन दहाल, गणेश दुलाल, सुवास विडारी, मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, सिनियर अहेव प्रविन पुडासैनी, अनमि दिव्या बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी बिहिबार ५२ जना कोभिड सङ्क्रमितहरूलाई फोन सम्पर्कमार्फत उनीहरूको अवस्था बुझ्ने कार्य गरिएको छ । संक्रमितमध्ये ५१ जना घरमै र एकजना हस्पिटलमा रहेको जानकारी गराउनु भएको थियो ।
एकजनाको भने कोभिडको कारण मृत्यु भइसकेको परिवारका सदस्यले जानकारी गराउनु भएको थियो । हेल्प डेस्कका दुईजना स्वास्थ्यकर्मीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने, परामर्श दिने र समस्या पर्दा सम्पर्कमा आउन आग्रह गरिएको थियो ।