हेटौँडा, १३ जेठ ।
ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्रले हेटौँडा अस्पताललाई अक्सिजन खरिदको लागि ९ लाख रुपैयाँ सहयोग गरेको छ ।हेटौँडा अस्पतालमा पुगेर केन्द्रले एक महिनाका लागि दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी ९ लाख रुपियाँ आर्थिक सहयोग गरेको हो ।
आज १ सय वटा अक्सिजन सिलिण्डरसहित केन्द्रले ९ लाख रुपियाँ हस्तान्तरण गरेको हो ।केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणपछि उहाँले कोरोना सङ्क्रमणले देशलाई समस्या परेको समयमा आफुहरूको सस्थाले सहयोग गरेको बताउनुभयो ।
राज्यको सबै संयन्त्र मिलेमात्र कोरोना संक्रमणलाई पराजित गर्न सकिने भन्दै उनले सबै संघसस्थालाई समेत सहयोगको लागि अनुरोध गर्नुभयो ।