जेठ १३ , हेटौँडा

पछिल्लो समय कोरोना कहर दुर्गम गाउँठाउँमा समेत बढ्दै गएको छ । केहि समय यता नेपालमा कोरोना संक्रमीतको दर घट्दै गएपनि केहि स्थानीय तहका दुर्गम गाउँमा भने संक्रमीतको दर बढ्दै गएको हो । केहिदिन यता पश्चिम मकवानपुरको मनहरी गाउँपालीका पनि कोरोनाको केन्द्रविन्दु नै बनेको छ ।
पालीकाको दुर्गम क्षेत्रको रुपमा रहेका वडा न २ र वडा न ४ मा समेत अत्याधिक मानीसहरुलाई संक्रमण पुष्टि भएको छ । वडा न ४ का केहि घरमा परिवारका सम्पुर्ण सदस्यनै कोरोना संक्रमणबाट ग्रसीत भएका छन् । केहि घरका बालबच्चा लगायत वृद्ध वृद्धालाई समेत संक्रमण पुष्टि भएको छ ।
मानीसहरु ज्वरो आएर ग्रसित भएको भन्ने खबर पाएपछि मंगलबार मनहरी गाउँपालीका स्वास्थयकर्मी टोलीनै कोभिड परिक्षण किट लिएर मनहरी ४ पुगेको थियो । सोहि क्रममा परिक्षण गर्दा २३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पताल मनहरीका इन्चार्ज ज्योतीराज लुइटेलले बताउनुभयो ।
यता बुधबार मनहरी २ मा पनि मानीसहरुलाई अत्याधिक ज्वरो देखापरेपछि स्वास्थकर्मिहरु कोभिड परिक्षणका लागि वडामा पुगेका थिए । एन्टिजेन परिक्षणबाट वडा न २ मा २० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्यकर्मि लुईटेलले बताउनुभयो । अहिले सबै संक्रमीतहरु होम आइसोलेसनमा रहेको र स्थानीय स्वास्थ्यकर्मिको सहयोगमा उनिहरुलाई सहजीकरण गरीएको गाउँपालीका उपाध्यक्ष मनिला विष्टले बताउनुभयो ।

संक्रमीतलाई स्वास्थय सामाग्री वितरण :


मनहरी गाउँपालीकाले दुर्गम क्षेत्रका कोरोना संक्रमीत स्थानीयबासीलाई घर घरमा पुगि स्वास्थ्य सामाग्री वितरण गरेको छ । विभिन्न गैरनाफामुलक संघ संस्थाको सहयोगमा गाउँपालीका उपाध्यक्ष विष्टको सहजीकरणमा मनहरी ४ मा २३ घर परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । बुधबार स्वास्थ्यकर्मि सहित संक्रमीतको घरदैलोमा पुग्नुभएका विष्टले संक्रमीतलाई हौसला बढाएर बस्न र आत्मबल दरो बनाउन आग्रह पनि गर्नुभएको छ । उहाँले गाउँबासीको हरेक दुःखमा साथ दिने र क्षमताले भ्याएसम्म हरसम्भव रोगबाट बचाउन लागीपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आवश्यकता अनुसार स्वास्थ्यकर्मिलाई गाउँगाउँमा परिचालन गरीने पनि बताउनुभयो ।