जेठ १३ , हेटौँडा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट पैदा गरेको बताएका छन्।
नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा जुम मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गराएको बताएका हुन।
प्रधानमन्त्री र राष्ट्रपतिको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उनले बताए।
आफुले प्रधानमन्त्रीको लागि बहुमत भन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भएपनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयास समेत नगरीकन संसद विघटन गरेको उनले उल्लेख गरे।
राष्ट्रपतिले प्रधानमन्त्रीले भन्न बित्तिकै मान्नु नहुने भन्दै उनले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लंघन गरेको बताए।
प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा सभापतिले देउवाले विश्वास व्यक्त गरे।