हेटौंडा, १३ जेठ ।


बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न मुख्यमन्त्री पौडेलले बैठक आह्वान गर्नुभएको हो ।

बैठक साँझ पाँच बजे बोलाइएको छ । बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्ने कार्यक्रम रहेको छ ।