हेटौंडा, १२ जेठ ।
मकवानपुर जिल्लामा आज १ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेहरुमा ६२ जना महिला र ६१ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
२ सय ४७ जनाको स्वाव परिक्षण गर्दा १ सय २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । संक्रमितहरुमा अधिकांश हेटौंडा उपमहानगरपालिका छन् । जसमध्ये हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का १९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाहिरी जिल्ला बाराका ८ र धादिङका १ जनामा पनि संक्रमण देखिएको जनस्वास्थ्य निरिक्षक चौलागाईको भनाई छ । आजको संक्रमणदर ५० प्रतिशत छ ।