हेटौंडा १२ जेठ ।

आज वैशाख पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यसैगरी आजै उभौली पर्व ्र्र कुर्म जयन्ती ्र गोरखनाथ जयन्ती पनि परेको छ ।

यसै अवसरमा बुद्ध धर्मावलम्बीहरूले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाउँदै छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६५ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे ।

छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाए ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

बुद्ध धर्म र गौतमबुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।

यसैगरी आजै उभौली पर्व ्र चण्डेश्वरी जात्रा ्र कुर्म जयन्ती ्र गोरखनाथ जयन्ती पनि परेको छ । वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस् । राम्रो बाली लागोस् । पृथ्वीमा कहीँ कतै खाद्यन्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउने प्रचलन छ ।

चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।
यसैगरी कुर्म जयन्ती वैशाख शुक्ल पूर्णिमामा पर्छ । क्षीर सागर मन्थनका क्रममा कुर्म अवतारले मन्दराञ्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य हो भने दोश्रो चाहिँ कुर्म अवतार हो । माछाबाट क्रमशः जल अनि थल दुवैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णु भगवान पर्दापण भएको मानिन्छ ।

यो दिन व्रत बस्ने चलन छ । एक दिन अगावै जाग्राम बस्ने, विष्णु सहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरू पढ्ने चलन रहन्छ । यस दिन दानपुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।

वैशाख शुक्ल पूर्णिमा अर्थात आजका दिन सिद्धयोगीहरूका गुरु गोरखनाथको पनि जन्म जयन्ति मनाइन्छ ।

नाथ सम्प्रदायका शुरुवात गर्ने यी महान् सिद्धयोगीको जन्म भएको यस पावन दिनका धेरै महत्वपूर्ण आयामहरू छन् । गुरु मत्स्येन्द्रनाथ नेपालको बुङमतीमा जन्म भएका काठमाण्डौबासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन् ।

यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रूपमा गुरु गोरखनाथको धर्तीमा आगमन भएको हो ।

नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएका कथनहरू छन् ।